भरतपुरमा रहेको मनकामना अस्पताल प्रालिमा उपचाररत भरतपुर महानगरपालिका–८ शरदपुरका ४४ वर्षीय कृष्ण भुसालको मृत्यु भएपछि मृतकका आफन्तले माघ २५ गते अस्पतालमा तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालका झ्यालका सिसा फुटेका छन् ।
मृतकका आफन्तले उपचारमा लापरवाही गरेको भन्दै अस्पताल तोडफोड गरेका थिए । उनीहरूले गम्भीर अवस्थाको बिरामीलाई पनि अस्पतालले बेवास्ता गरेको, बिरामीले रगत बान्ता गरी पटकपटक पेट र छाति दुखेको भनेपनि अस्पतालले गोडाको एक्सरे गरेको आरोप लगाएका थिए । तोडफोडमा संलग्न कोही पनि गिरफ्तार नगरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज गौतमले बताए ।