१२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नगरपालिका—१२ स्थित श्री जनजाग्रिती माध्यमिक विद्यालयका शिक्षक ४६ वर्षीय जितराज गिरी र विद्यालयका प्रधानाध्यापक ध्रुवराज गिरीलाई ०८२ माघ १४ गते गिरफ्तार गरेको छ ।
आरोपित जितराजले बालिकालाई माघ १२ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण माघ १४ गते चौतारा अस्पतालमा गरिएको छ ।
घटना लुकाउन खोजेको तथा ढाकछोप गराउने प्रयास गरेको भन्दै पीडितपक्ष तथा स्थानीयहरुले विद्यालयमा प्रधानाध्यापक ध्रुवराज गिरीको राजिनामा माग गरेका छन् । घटनालाई लिएर माघ १४ गते दिनभरी सागाँचोक बजारमा स्थानीयहरुले आरोपित शिक्षक र प्रधानाध्यापक विरुद्ध प्रदर्शन समेत गरेका थिए ।
घटनापछि विद्यालयमा प्रधानाध्यापक गिरीले विद्यालयमै मिलापत्र गर्न खोजेको र आरोपित शिक्षकलाई विद्यालयमा नियमित पठनपाठन गराउन दिएको भन्दै स्थानीयको विरोध पछि घटना बाहिर आएको थियो ।