INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

परवानीपुर गाउँपालिका–१ रहरियाडीकी ५२ वर्षीया सुमित्री देवी मण्डल र उनका छोरा ३२ वर्षीय रामेश्वर मण्डलको ०८२ माघ १४ गते हत्या गरेको आरोपमा प्रहरीले  २९ वर्षीया बुहारीलाई गिरफ्तार गरेको छ ।

डिएसपी विजयराज पण्डितका अनुसार सबै परिवारका सदस्य सुतिरहेको समयमा बिहान ३ बजे नाम नखुलेको व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरेका थिए । सो क्रममा सुमित्रीका पति ५९ वर्षीय जगरूप महतो र २३ वर्षीया छोरी रीना कुमारी र बुहारी मनिता देवी मण्डल घाइते भएका छन् । घाइते दुई जनाको एलएस न्यूरो अस्पताल कलैयामा उपचार भइ रहेको छ भने बुहारीलाई नियन्त्रणमा लिइ अनुसन्धानको लागी हिरासतमा राखिएको प्रहरीले बताएकाे छ  । छिमेकीको घरमा भएको घटनाबारे बिहान मात्र जानकारी पाएपछि प्रहरीलाई सुचना गरेको सुरेश यादव बताए । शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश कार्यालय

अन्य

भिडियो