INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका २० का २३ वर्षीय विप्लव राईलाई गिरफ्तार गरेको छ ।

बालिकालाई ०८१ माघ ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, इटहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ ११ गते गिरफ्तार गरिएको डिएसपी सुवास हमालले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण इटहरी सामुदायिक अस्पतालमा माघ ११ गते गरिएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो