INSEC Online

📅 २०८३ श्रावण १

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–७ मुसैलीका २८ वर्षीय मोहमद दिल हुसैन मिकरानीलाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८२ पुस २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ ७ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

बालिकाको स्वास्थ्य परीक्षण माघ ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

बुधन साह

अन्य

भिडियो