धनगढी उपमहानगरपालिका–१३ राजपुरकी ३० वषीया हिरा दाहाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति सतिङ् दाहाललाई ०८२ माघ १२ गते गिर«तार गरेको छ ।
आरोपितले घर्यासी बिबादमा कुटपिट गरी गम्भिर घाइते भएकी पीडित महिलाको सेती प्रादेशिक अस्पताल, धनगढीमा माघ ११ गते उपचारको क्रममा मुत्यु भएको हो ।
पीडित महिलालाई आरोपितले कुटपिट गरी गम्भिर घाइते बनाएपछि आरोपित विरुद्ध पीडित पक्षले माघ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको धनगढी उपमहानगरपालिका–१३ का वडाध्यक्ष विजयराज जोशीले बताउनु भयो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटना बारे अनुसन्धन भइरहको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको र पोष्टमार्टमपश्चात आफन्तलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालयका डिएसपीराजकुमार सिंहले बताउनु भयो ।