२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका–११ का २५ वर्षीय रामु मण्डललाई ०८२ माघ ११ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालई पुस १२ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले पुस १४ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएकी थिइन् । आरोपितलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय सबैलाका सई मदन यादव बताउनु भयो ।