INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिनाको सजाय

१४ वर्षीया बालकलाई १३ वर्षीय बालकले यौन दुर्व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालतले माघ २३ गते तीन महिनाका लागी बाल सुधार गृहमा पठाउने फैसला गरेको छ  ।

बालबालिका ऐन ०७५ को ३६(२) बमोजिम बालयौन दुर्व्यवहारका घटनामा सुधारगृहमा राखी सजाय भुक्तान गर्नु पर्ने व्यावस्था भए अनुसार जिल्ला न्यायधीश लोगजङ्ग शाहको इजालासले तीन महिना सुधारगृहमा राख्ने गरी फैसला गरेकोे हो ।

०७५ असार २७ गते भैँसी चराउन जङ्गल गएको अवस्थामा यौन दुर्व्यवहार गरेको भन्दै पीडितपक्षले  इलाका प्रहरी कार्यालय कृष्णनगरमा असार २८ गते उजुरी दिएको थियो । बालकको स्वास्थ्य परीक्षण असार २८ गते शिवराज अस्पताल बहादुरगञ्जमा भएको थियो ।

अन्य

भिडियो