१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको विहार स्थायी घर भई माई नगरपालिका–३ बस्दै आएका २६ वर्षीय मुर्सिल खानलाई माघ २३ गते गिरफ्तार गरेको छ ।
विद्यालय जाँदै गरेकी बालिकालाई माघ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ माघ २२ गते प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी माधव श्रेष्ठले बताए ।
आरोपितविरूद्घ प्रहरीले माघ २३ गते जिल्ला अदालतमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २२ गते जिल्ला अस्पतालमा गरिएको छ ।