INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याका आरोपित गिरफ्तार

त्रिवेणी गाउँपालिका-१ की ६५ वर्षीया पम्फा कामीलाई फलामको सनासोले हानेर हत्या गरेको आरोपमा प्रहरीले पति ७४ वर्षीय गणेशबहादुर कामीलाई ०८२ माघ ३ गते गिरफ्तार गरेको छ ।

आरोपितले पत्नीलाई माघ २ गते साँझ सनासोले टाउको र हातमा हानेर गम्भीर घाइते बनाएपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका इन्स्पेक्टर हरि प्रसाद पुनलेले जानकारी दिनुभयो। उहाँका अनुसार गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण पत्नीलाई कुटपिट गरेका थिए् ।

शवको पोष्टमार्टम माघ ३ गते जिल्ला अस्पताल सल्लेमा गरिएको छ । परिवारजनले शवको सदगत् माघ ४ गते त्रिवेणीमा गर्ने जनाइएको छ ।

जीवन खडका

अन्य

भिडियो