आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा निर्धारण गरिएकामध्ये ४ सय ३० मतदान केन्द्र संवेदनशील र २७ मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।
कुल ४ सय ८२ मतदान केन्द्रमध्ये २५ मतदान केन्द्रमात्रै सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँकाअनुसार संवेदनशीलताका आधारमा सुरक्षा प्रबन्ध गरिनेछ । दाङमा १ सय ५९ मतदान स्थलमा ४ सय ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नं. १ मा ४४ संवेदनशील र ६ अति संवेदनशील मतदान केन्द्र छन ।
यस्तै क्षेत्र नं. २ मा ४४ संवेदनशील र ५ अति संवेदनशील र क्षेत्र नं. ३ मा ४६ संवेदनशील र ६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको डिएसपी शाहले जानकारी दिनुभयो ।