INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँको शुक्लागण्डकीमा दुई पुरुष र एक महिलाको शव फेला

शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाट स्थित शुक्लागण्डकी नगरपालिकाको निर्माणाधिन फोहोरमैला प्रशोधन केन्द्र नजिकै ०८२ पुस २६ गते दुई पुरुष र त्यसको करिब ७ सय मिटर पर जंगलछेउमा एक महिलाको शव फेला परेको छ । मृतक मध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका ३९ वर्षिय नारायण विकको पहिचान खुलेको छ । अर्का पुरुष र महिलाको पहिचान खुलेको छैन ।

फोहोरमैला प्रशोधन केन्द्रका एक कर्मचारीले ०८२ पुस २६ गते प्रहरीलाई सुचना गरेपछि इलाका प्रहरी कार्यालय बेलचौतारा र जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाको प्रारम्भिक अनुसन्धान गर्दा हत्या भएको देखिने जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी तथा सुचना अधिकारी श्रवणकुमार विकले बताउनुभयो ।

शवको पोस्टमार्टम ०८२ पुस २६ गते दमौलीस्थित प्रादेशिक अस्पतालमा भएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशचन्द्र भट्टराई

अन्य

भिडियो