INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले कपिलवस्तु नगरपालिका–२ का २० वर्षीय कलिम मुसलमान र सोही ठाउँका १९ वर्षीय दिनेश कुर्मीलाई जनही तीन वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको पुस १९ गतेको इजलासले आरोपितहरुलाई कसुर ठहर गर्दै जनही तीन वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार अनन्त मरासिनीले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई २०८१ असार ५ गते अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडित पक्षले असार ६ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार १२ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको थियो । प्रहरीले आरोपित कलिम मुसलमानलाई असार १२ गते घरबाटै गिरफ्तार गरेको थियो भने अर्का आरोपित दिनेश कुर्मी फरार हुनुहुन्थ्यो ।

रीमा बि.सी.

अन्य

भिडियो