आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कपिलवस्तुमा ५४ ओटा मतदान स्थल अति संवेदनशील रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहका अनुसार निर्वाचन स्थलको सुरक्षा विश्लेषण गरिए अनुसार ५४ ओटा मतदान स्थल अति संवेदनशील, १ सय २ मतदान स्थल संवेदनशील र ७९ ओटा निर्वाचन स्थल समान्य सूचीमा रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी कमल भुसालका अनुसार कपिलवस्तु जिल्लामा यस वर्ष ३ लाख ९६ हजार २ सय ६५ जना मतदाता रहेका छन् । जसमध्ये १ लाख ८४ हजार ४ सय १५ जना महिला र २ लाख ११ हजार ८ सय ४६ जना पुरुष मतदाता रहेका छन् भने चार जना अन्य मतदाता रहेका छन् ।
अधिल्लो निर्वाचनमा कपिलवस्तुमा महिला १ लाख ७६ हजार १ सय ५ र पुरुष २ लाख २ हजार १ सय २५ र अन्य दुई जना गरी ३ लाख ७८ हजार २ सय ३२ मतदाता थिए । अघिल्लो निर्वाचनको तथ्याङ्क अनुसार जिल्लामा तीन निर्वाचन क्षेत्र, ४ सय ७२ मतदान केन्द्र र २ सय ३४ मतदान स्थल रहेको थियो ।
जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका सूचना अधिकारी निश्छल मोक्तानका अनुसार निर्वाचन क्षेत्र नं १ मा १ लाख ४७ हजार ६ सय ५९ जना मतदाता रहेका छन । जसमध्ये ७० हजार ९ जना महिला र ७७ हजार ६ सय ४६ पुरुष रहेका छन् भने चार जना अन्य मतदाता रहेका छन् ।
त्यसैगरी क्षेत्र नं २ मा १ लाख ३० हजार २ सय २ जना मतदाता रहेका छन् जसमा ५९ हजार ९ सय ३८ जना महिला र ७० हजार २ सय ६४ जना पुरुष मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नं. ३ मा १ लाख १८ हजार ४ सय ४ जना मतदाता रहेका छन् । जसमा ५४ हजार ४ सय ६८ जना महिला मतदाता रहेका छन भने ६३ हजार ९ सय ३६ पुरुष मतदाता रहेका छन् ।
आमागी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लामा तीन ओटा निर्वाचन क्षेत्र, ४ सय ९० मतदान केन्द्र, २ सय ३५ मतदान स्थल तोकिएको छ ।
जिल्लामा क्षेत्रगत रुपमा विश्लेषण गर्दा निर्वाचन क्षेत्र नं १ मा ७९ ओटा, मतदान स्थल १ सय ७९ मतदान केन्द्र तोकिएको छ । त्यस्तै क्षेत्र नं. २ मा ८४ ओटा मतदान स्थल, १ सय ६३ ओटा मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं. ३ मा ७२ ओटा मतदान स्थल र १ सय ४८ ओटा मतदान केन्द्र तोकिएको छ ।