नौ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा बोगटान गाउँपालिकाका ५१ वर्षीय एक शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित छात्रालाई आरोपितले बड्डी केदार गाउँपालिका-५ स्थित कोठामा माघ २० गते अस्लिल भिडियो देखाएको आरोपमा पीडित बालिकाका आफन्तले सोही दिन प्रहरीमा उजुरी दिएपछि शिक्षकलाई माघ २१ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,डोटीका डिएसपी लालबहादुर धामीले जानकारी दिए ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेकोले आरोपितको नाम र ठेगान गोप्य राखिएको डिएसपी धामीले बताए ।