INSEC Online

📅 २०८३ जेष्ठ २१

लुम्बिनी प्रदेशमा १ हजार ६ सय ७१ मतदान स्थल कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा १ हजार ६ सय ७१ मतदान स्थल कायम भएका छन् ।

निर्वाचन आयोगले १२ जिल्लामा १ हजार ६ सय ७१ मतदान स्थलमा ३ हजार ९ सय ९८ मतदान केन्द्र कायम गरेको हो । जसअनुसार दाङमा १ सय ५९ मतदान स्थलमा ४ सय ८२ मतदान केन्द्र, गुल्मीमा १ सय ४५ मतदान स्थलमा २ सय ८४ मतदान केन्द्र, पाल्पामा १ सय १८ मतदान स्थलमा २ सय ५१ मतदान केन्द्र, अर्घाखाँचीमा १ सय २ मतदान स्थलमा २ सय ९ मतदान केन्द्र, रुपन्देहीमा २ सय ९ मतदान स्थलमा ७ सय ३२ मतदान केन्द्र कायम गरिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कवरले जानकारी दिनुभयो ।

यसैगरी कपिलवस्तुमा २ सय ३५ मतदान स्थलमा ४ सय ९० मतदान केन्द्र, रुकुमपूर्वमा ४४ मतदान स्थलमा ५६ मतदान केन्द्र, रोल्पामा ८६ मतदान स्थलमा १ सय ८० मतदा केन्द्र, प्युठानमा १ सय ५८ मतदान स्थलमा २ सय ३० मतदान केन्द्र, बाँकेमा १ सय ३९ मतदान स्थलमा ४ सय मतदान केन्द्र, बर्दियामा १ सय ५४ मतदान स्थलमा ३ सय ८७ मतदान केन्द्र र नवलपरासी पश्चिममा १ सय २२ मतदान स्थलमा २ सय ९७ मतदान केन्द्र कायम गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । लुम्बिनीमा सबै भन्दा धेरै रुपन्देहीमा ७ सय मतदान केन्द्र छ भने सबैभन्दा कम रुकुमपूर्वमा ५६ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।

जयनारायण पुन

अन्य

भिडियो