INSEC Online

📅 २०८३ जेष्ठ २१

चिरपट प्रहार गरी आमाको हत्या

चम्पादेवी गाउँपालिका–५ की ६३ वर्षीया नरमाया कार्कीलाई चिरपट प्रहार गरी हत्या गरेको आरोपमा  ३८ वर्षीय छोरा टङ्कबहादुर कार्कीलाई माघ १९ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेर पत्निमाथि कुटपिट गरिरहेको अवस्थामा आमाले रोकछेक गरेपछि आरोपित कार्कीले आमाको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

कार्कीले माघ १६ गते चिरपट प्रहार गरी नरमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर राजीव श्रेष्ठले बताए ।

शवको पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा गरियो ।

अन्य

भिडियो