पूर्वीचौकी गाउँपालिका–५, काडामाण्डौकी २१ वर्षीया पार्वती बोगटीको माघ १७ गते छाउपडी गोठमा मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् ।
छाउ भएको बेला सुतेको कोठामा बोगटीले बालेको आगोका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने सोही वडाका वडाध्यक्ष पदम धानुकले बताए ।
बोगटीको शव परीक्षणका लागि माघ १७ गते राति नै जिल्ला अस्पताल डोटीमा पु¥याए पनि चिकित्सक नहुँदा शव परीक्षण हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी लालबहादुर धामीले जानकारी दिए ।
योग्य चिकित्सक नहुँदा मृतक बोगटीको शवपरीक्षणका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल पठाउनका लागि सल्लाह गरिसकेको जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट भुषण डा मिश्रले जानकारी दिए ।