कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रसेले प्रदेश सभापति ललितजंग शाही, नेकपा एमालेले केन्द्रीय सदस्य मिनासिंह रखाल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अन्जु महतारा र बुद्धिप्रसाद शर्मालाई उम्मेदवार बनाएको छ । उनीहरुले ०८२ पुस २३ गते प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेको छ भने नेपाली कम्युनिष्ट पार्टी एक्लै चुनावी मैदानमा उत्रिएको छ । कर्णालीमा खस आर्य र महिलातर्फको दुई सदस्य पदका लागि निर्वाचन हुँदैछ ।
