INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्हीनन्दन गाउँपालिका– ३ कुश्मा घर भई निर्वाचन कार्यालय, बर्दघाटमा कम्प्युटर अपरेटरको पदमा कार्यरत ३४ वर्षीय रामकरण लोनियालाई ०८२ पुस २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २३ गते जिल्ला प्रहरी कार्यालय, परासीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २३ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।

नारायण पराजुली

अन्य

भिडियो