INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित तीन वर्षपछि गिरफ्तार

पत्नीको हत्या आरोपमा तीन वर्षदेखि फरार रहेका छेडागाड नगरपालिका–१३ का ३९ वर्षीय भद्रबहादुर सुनारलाई प्रहरीले ०८२ पुस २० गते गिरफ्तार गरेको छ ।

०७९ मङ्सिर १० गते ३४ वर्षीया पानसरा सुनारलाई बन्चरो र खुकुरी प्रहार गरी हत्या गरेका सुनार फरार थिए । कर्तव्य ज्यान मुद्दामा फरार रहेका आरोपितलाई छेडागाड नगरपालिका–१३ स्थित पिपलतडा–कार्कीगाउँ जाने सडकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सुधिर कुमार खड्काले जानकारी दिनुभयो ।

आरोपित सुनारलाई पुस २० गते जाजरकोट अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान थालिएको उहाँले बताउनु भयो ।

बासुदेव शर्मा

अन्य

भिडियो