INSEC Online

📅 २०८३ जेष्ठ २२

वीरगन्जमा कर्फ्यूको समय थप : सामाजिक सद्भाव कायम गर्न अपिल

दुई समुदायका समर्थकहरुले गरेको प्रदर्शनका क्रममा हुनसक्ने झडपलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले पुस २१ गते बिहानसम्मका लागि जारी गरेको निषेधाज्ञाको समय आज दिउँसो १ बजेसम्मका लागि थप गरेको छ ।  निषेधाज्ञाको अवज्ञा गर्दै प्रदर्शन हुन थालेपछि कर्फ्यू आदेश थप गरिएको जिल्ला प्रशासन कार्यालयले प्रकाशन गरेको सूचनामा जनाइएको छ ।

सूचनामा “स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी सो सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले सामाजिक सद्भाव कायम गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

तुलसी भण्डारी

अन्य

भिडियो