INSEC Online

📅 २०८३ जेष्ठ २१

डोल्पा घटना : असईसहित पाँच जना प्रहरी विरुद्ध व्यक्ति बेपत्ता कसुरमा मुद्दा दर्ता

त्रिपुरासुन्दरी नगरपालिका–५ ल्हाँका ३४ वर्षीय जुन रोकाया बेपत्ता प्रकरणमा इलाका प्रहरी कार्यालय खदाङका चौकी इन्चार्ज असई हेमराज कार्कीसहित पाँच जना प्रहरीविरुद्ध ०८२ पुस २१ गते जिल्ला प्रहरी कार्याल्य डोल्पामा  ‘व्यक्ति बेपत्ता’ कसूरमा किटानी जाहेरी दर्ता गरिएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार असई कार्कीसँगै प्रहरी जवान लालबहादुर घर्ती, भगिरथ जैसी, अशोक साउद र घुमुवा प्रहरी नरेन्द्र खड्काविरुद्ध मुद्दा दर्ता गरिएको हो। बेपत्ता जुन रोकायाकी पन्ती धनमती रोकायाको जाहेरीपछि प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ।

मुद्दा दर्तासँगै पुस १९ गतेदेखि स्थानीयले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिएका छन् र डोल्पामा सवारी साधन पुनः सञ्चालनमा आएका छन्। प्रहरीका अनुसार चेकिङका क्रममा रोकाय आत्तिएर भेरी नदीमा हाम फालेका थिए भने स्थानीयले भने प्रहरीकै कारण बेपत्ता भएको आरोप लगाएका छन्।

तीन दिनदेखि रोकायको खोजी कार्य जारी छ। सोही घटनाको प्रदेश प्रहरी कार्यालय सुर्खेतले एसपी रामप्रसाद घर्ती मगरको नेतृत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले घटनास्थलमा पुस २१ गतेदेखि प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

विष्णुप्रसाद देवकोटा

अन्य

भिडियो