INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराहरुको पालनपोषणको खर्च माग्दै पत्नीलाई कुटपिट

भगवतीमाई गाउँपालिका–२ रुमकी २२ वर्षीया बसन्ती सुनारसँग उनका पति २५ वर्षीय भरत बिकले छोराहरूलाई पालनपोषणमा लागेको खर्च आफूलाई फिर्ता गर्नुपर्ने भन्दै माघ १७ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।

अढाई वर्ष कतार बसेर दुई साताअघि मात्र फर्किएका भरतले चार वर्षीय जेठो छोरा आशिष र तीन वर्षीय कान्छो छोरा अभिषेकलाई पढाउन र संरक्षणको लागि सदरमुकाममा डेरा गरी बसेको खर्च मेरो जिम्मेवारी हुँदैन तिमीले माइतीबाट तिर्नुपर्छ भन्दै कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पतिको सल्लाहमै सदरमुकाममा बसेको र कतारबाट पठाएको २ लाख ८० हजार रुपियाँको खर्च विवरण मध्ये डेराको भाडा र खानबस्न समेत लागेको १ लाख ३५ हजार रुपियाँ माइतीबाट आफूलाई तिर्नुपर्ने भनी दबाब दिएको बसन्तीले सुनाइन् ।

बाँकी १ लाख ४५ हजार रुपियाँ बचत रकम लिइसकेर खानबस्न लागेको खर्च भरतले मागेको उनले बताइन् ।

यसबारे कतै भनेको खण्डमा घर निकाला गर्ने धम्की दिएको कारण प्रहरीमा उजुरी गर्न नसकेको पीडित पक्षले इन्सेक प्रतिनिभिलाई बतायो ।

अन्य

भिडियो