INSEC Online

📅 २०८३ श्रावण १

छोरीको हत्या गरी परिवारका सदस्य फरार भएको माइतीपक्षको आरोप

गुजरा नपा–५ इस्लामपुर टोलकी १८ वर्षीया राहनी खातुनको हत्या गरी परिवारका सदस्यहरू फरार भएको मृतकको माइती पक्षले आरोप लगाएका छन् ।

माघ ११ गते राति ७ बजेको समयमा छोरी राहनी खातुनलाई उनका ससुरा सोहेव मियाँ दर्जी र सासू सेरातुन नेसाले हत्या गरी घरको कोठमा झुण्ड्याएको मृतकका बाबु छोटन मियाँले आरोप लगाएका छन् ।

मृतक रोहनाको मृत्युपछि उनका सासू र ससुरा फरार छन् भने मृतकका पति वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका छन् ।

घटनापछि प्रहरी चौकी हरिनगर मैढाका प्रहरी घटनास्थलमा पुग्दा मृतक झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर विकास थपलियाले बताए ।

घटना शङ्कास्पद भएकाले मृतकको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पठाइएकोमा रिपोर्ट आइनपुगेको उनले बताए ।

मृतक महिलाका बाबु छोटन मियाँले पोष्टमार्टम रिपोर्ट आएपछि किटानी जाहेरी दिने बताए । बारा जिल्ला सिम्रौनगढ माइती भएकी राहनीको दुईवर्ष अघि विवाह भएको थियो । उनको आठ महिनाको एक छोरा छन् ।

अन्य

भिडियो