INSEC Online

📅 २०८३ श्रावण २

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८२ पुस १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–१ का ४० वर्षीय मङ्गल टुडुलाई पुस १५ गते गिरफ्तार गरेको छ ।

आरोपितले विद्यालय जाने क्रममा पुस १३ गते बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बालिकाकी आमाले पुस १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले पुस १५ गते गिरफ्तार गरी पुस १६ गते जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा पुस १६ गते गरिएको छ ।

नरेश खाती

अन्य

भिडियो