INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको पक्षबाट दम्पतिको हत्या

चिसंखुगढी गाउँपालिका–६ भदौरेका ६० वर्षीय सोभितमान थापा मगर र उनकी ५८ वर्षीया पत्नी रत्नमाया थापा मगरको पहिचान नखुलेको पक्षले ०८२ पुस १४ गते हत्या गरेको प्रहरीले जनाएको छ ।

०८२ पुस १५ गते बिहान अबेरसम्म दम्पति नउठेको र स्थानीयले हेर्दा हत्या भएको पाइएपछि घटना बारे स्थानीयले प्रहरीलाई खबर थिए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम बहादुर भट्टराईको टोली घटनास्थलतर्फ गएको छ ।

घटनास्थल र शवको अवस्था विश्लेषण गरेर थप अनुसन्धान गर्नुपर्ने भएकाले कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाइएको इन्स्पेक्टर भट्टराईले बताउनुभयो ।

धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

सरस्वती बानिया

अन्य

भिडियो