INSEC Online

📅 २०८३ जेष्ठ २१

पेट्रोल छर्किएर हत्या प्रयास, आरोपित पति गिरफ्तार

दुहवी नगरपालिका–३ मुक्तिनाथ टोलकी २८ वर्षीया खुश्बु खातुनलाई ०८२ पुस ११ गते पेट्रोल छर्किएर हत्या प्रयास गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मुस्तफा शेखलाई पुस ११ गते गिरफ्तार गरेको छ ।

भारतमा रोजगारी गर्दै आएका मुस्ताफा ०८२ पुस ११ गते घर फर्किएको र सोही दिन पत्नीको मोवाइल र हिसाबकिताबको विवादमा पत्नीलाई पेट्रोल छर्किएर हत्या प्रयास गरेको जिल्ला प्रहरीका एसपी केशवकुमार थेवेले बताउनु भयो ।

पेट्रोल छर्किएर आगो लगाएका कारण पीडितको छाती, अनुहार र शरीरका विभिन्न भागमा आगोले जलेको एसपी थेवेले बताउनु भयो ।

पीडितको पारस अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।

भारतको बिहार माइती भएकी खुस्बुले दुहबीका शेखसँग डेढ वर्ष अगाडि विवाह गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, दुहबीका इन्स्पेक्टर शिवराम थापाले घरायसी विवादका लिएर आरोपितले पेट्रोल छर्किएर हत्या प्रयास गरेको बताउनु भयो ।

आरोपितविरुद्ध प्रहरीले मुस्तफा शेखविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी पीडित पक्षको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय, दुहवीमा उजुरी दिएको छ ।

जयकृष्ण यादव

अन्य

भिडियो