INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसापीडित महिलाद्वारा विष सेवन !

सिमकोट गाउँपालिका–८ स्याँडाकी ३३ वर्षीया टुल्की बुढालाई ४० वर्षीय पति पाल्जीरे बुढाले गरेको हिंसा सहन नसकी विष सेवन गरेको पीडित पक्षको भनाइ छ ।

चार महिनाकी सुत्केरी टुल्कीले घरेलु हिंसा र पारिवारिक किचोलोका कारण विष सेवन गरेको उनका आफन्त धानचाउँली बुढाले बताइन् ।

उनका अनुसार पाल्जीरेले टुल्कीलाई बारम्बार कुटपिट गर्ने, अपहेलना गर्ने र खानालाउनसमेत नदिएपछि आत्तिएर मर्ने भन्दै माघ १४ गते विष सेवन गर्न बाध्य भएको बताइन् ।

पतिको कुटपिटबाट पीडित टुल्कीले विष सेवन गरेको भनी सोही दिनमै थाहा पाएपछि स्याँडा स्वास्यचौकीमा उपचार गर्न पुर्‍याएको स्याडा स्वास्थ्य चौकी इञ्चार्ज खडानन्द न्यौपानेले बताए । इञ्चार्ज न्यौपानेले उनको अवस्था गम्भीर रहेको बताउँदै बचाउनका लागि अधिकतम प्रयास भइरहेको जानकारी दिए ।

इञ्चार्ज न्यौपानेले विष सेवन गर्नाको मुख्य कारण घरेलु हिंसा र महिला हिंसा भएको सुनेको बताए ।  स्याडा गाउँमा यस्तो घटना हुँदासमेत नजिकै रहेको धारपोरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय हुम्लामा माघ १५ गतेसम्म कुनै उजुरी परेको छैन । यसबारे कुनै जानकारी नभएको जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रका इञ्चार्ज युक्त खाँडले बताए ।

अन्य

भिडियो