INSEC Online

📅 २०८३ जेष्ठ २२

देशमा बढ्दै गएको दण्डहीनताले मानव अधिकार संरक्षणमा चुनौती: मुख्यमन्त्री

आउदै गरेको निर्वाचन र मानव अधिकारका विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेँलसँग इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल लगायतको अधिकारकर्मीको टोलीले पुस ८ गते छलफल गरेको छ ।

छलफलका क्रममा मुख्यमन्त्री कडेँलले पछिल्लो समयमा देशमा बढ्दै गएको दण्डहीनताले मानव अधिकार संरक्षणमा चुनौती थपिएको बताउनु भयो ।

जेनजी आन्दोलनका क्रममा स्कूल पोशाकमा रहेका बालबालिकाको प्रयोग गरी सरकारी र निजी सम्पत्तिमा आगजनि तथा तोडफोड गरिएको घटनाका सम्बन्धमा अधिकारकर्मीले बोल्नुपर्ने मुख्यमन्त्री कडेँलले सुझाव दिनु भयो ।

सरकारले निर्वाचनको मिति तोकेपनि निर्वाचनको वातावरण सरकार आफैले नबनाएको कर्णाली प्रदेशका मुख्यमन्त्री कडेँलले छलफलका क्रममा बताउनु भयो ।

छलफलका क्रममा इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चिन्ता व्यक्त गर्दै आवश्यक सहजीकरण गर्न मुख्यमन्त्री कडेँललाई अनुरोध गर्नुभयो ।

निर्वाचनमा युवाको सहभागिता वा सकृयता बढाउनु पर्ने इन्सेकका संस्थापक अध्यक्ष प्याकुरेलले जोड दिनु भयो । छलफल कार्यक्रममा इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदी पनि सहभागी रहनु भएको थियो ।

कर्णाली प्रदेश कार्यालय

अन्य

भिडियो