INSEC Online

📅 २०८३ जेष्ठ २१

बालक हत्याको घटनामा पाँच जना गिरफ्तार

कञ्चन गाउँपालिका–३ धौलागिरी चोकका १७ वर्षीय बालकको हत्या गरी नालिमा फालिएको अवस्थामा पुस ३ गते राती शव फेला परेको छ ।

बालक पुस २ गते साँझबाट सम्पर्क विहिन भएको र पुस ३ गते साँझ मृतकको घर नजिकैको कुलोमा लडेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र अहिले पाँच जना युवाहरुलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले बताउनु भयो ।

स्थानीयका अनुसार एक साताअघि विद्यालय परिसरमा एकै युवतीको विषयलाई लिएर साथीहरूबीच विवाद भएको थियो । त्यही कारण उनको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

मृतकको टाउकोमा गम्भीर चोट लागेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

रीमा बि.सी.

अन्य

भिडियो