INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का २६ वर्षीय अजय परियारलाई पुस ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्सपेक्टर कमल नेपालीले बताउनु भयो ।

आरोपितले महिलालाई पुस २ गते राती बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ३ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिएका थिए ।

महिलाको स्वास्थ्य परीक्षण पुस ४ गते प्रादेशिक अस्पताल स्याङ्जामा गरिएको छ ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो