INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद र ३० हजार जरिबाना

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा लमही नपा–९ का २४ वर्षीय राजु बुढामगरलाई जिल्ला अदालतले तीन वर्ष कैद र ३० हजार जरिबाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलासले माघ १५ गते बुढालाई दोषी ठहर गरेको हो । पीडित बालिकालाई बुढाले गत भदौ २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०७५ भदौ २७ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लमही अस्पतालमा भदौ २७ गते नै गरिएको थियो ।

अन्य

भिडियो