जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दमक नगरपालिका-६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको हतियार वेवारिसे अवस्थामा पुस ४ गते फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हातहतियार र गोली गठ्ठा बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ०८२ पुस ४ गते तीन थान इन्सास (हतियार), ३०३ को जंगी राउण्ड गोली १ सय ३४ थान, एसएलआरको जंगी राउण्ड पाँच थान, इन्सासको जंगी राउण्ड २० थान र गोली राख्ने बिन्दुली तीन थान फेला परेको हो ।
दमक नगरपालिका वडा नं. १ बुद्ध टोलस्थित रतुवा खोला किनारको काँसघारीमा बेवारिसे अवस्थामा केही हातहतियारहरु तथा गोलीगठ्ठाहरु स्थानीयबासीले देखेर इलाका प्रहरी कार्यालयमा दमकमा जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक किशोर लम्सालको कमाण्डमा खटिएको टोलीले ति हतियार बरामद गरेको हो ।
ती हतियार इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।