पाताभार गाविस-८ की ४१ वर्षीया मनसरा ढकाललाई हत्या गरेको आरोपमा ५५ वर्षीय ससुरा जवालसिंह ढकाललाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई असोज १५ गते अंशबण्डा तथा घरायसी विषयमा विवाद हुँदा आरोपितले मसला पिस्ने सिलौटाले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते मनसरको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा असोज १५ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नेत्रमणी गिरीले बताए ।
घटना पश्चात फरार रहेका आरोपितलाई कैलालीको टिकापुरबाट गिरफ्तार गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी गिरीले बताए ।
पीडित महिलाको शवको पोष्टमार्टम भेरी अञ्चल अस्पताल नेपालगञ्जमा असोज १५ गते गरिएको प्रहरीले जनाएको छ ।