बालविवाह गरेको आरोपमा कर्जन्हा नपा–६ का १४ वर्षीया बालिका र १७ वर्षीय बालकलाई जिल्ला अदालतले जनही २३ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश सुदर्शनराज पाण्डेको माघ १३ गतेको इजलासले सो फैसला गरेको जिल्ला सरकारी वकिल जुद्धबहादुर आलेले बताए ।
आरोपितहरूले ०७५ साउन १ गते बालविवाह गरेको आरोपमा बालिकाको बावुले इलाका प्रहरी कार्यालय मिर्चैयामा भदौ ४ गते उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले आरोपित दुवै जनालाई भदौ ४ गते गिरफ्तार गरेको थियो भने जिल्ला अदालतको आदेशमा आरोपितहरू भदौ २८ गते जनही १५ हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।