भोजपुर नगरपालिका- ६ देउरालीका ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति नारदमणि राईलाई आठ वर्षपछि गिरफ्तार गरेको छ ।
पत्नी हत्याको घटनापछि फरार भएका आरोपितलाई प्रहरीले मोरङको बेलबारीबाट ०८२ मंसिर २६ गते गिरफ्तार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर महेन्द्र पराजुलीले ०७४ साल साउन १९ गते पत्नी ४६ वर्षीया अम्बिका श्रेष्ठ राईको हत्या गरेर नारदमणि फरार भएको बताउनु भयो ।
आरोपितलाई प्रहरीले मोरङको बेलबारी नगरपालिका–३ बाट गिरफ्तार गरेर भोजपुर पठाएको छ । पत्नीको हत्यापछि भागेर मोरङ झरेका नारदमणि बेलबारी–३ का छत्रबहादुर गुरुङको घरमा डेरा गरेर बस्दै आएको प्रहरीले जनाएको छ ।