INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखन घटनाका आरोपित ६ वर्षपछि गिरफ्तार

मानव वेचविखन घटनाका आरोपितलाई प्रहरीले ६ वर्षपछि ०८२ मंसिर २७ गते गिरफ्तार गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–७ की ४८ वर्षीया पनिता महता भनिने लेसनकुमारी नेपालीलाई प्रहरीले मंसिर २७ गते गिरफ्तार गरेको हो ।

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१४ बाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडालले बताउनु भयो ।

नेपालीविरुद्ध ०७६ साल असोज ७ गते इलाका प्रहरी कार्यालय रानीमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो । प्रहरीमा उजुरीपछि फरार भएकी आरोपितलाई प्रहरीले ६ वर्षपछि गिरफ्तार गरेको हो ।

 

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो