INSEC Online

📅 २०८३ जेष्ठ २१

नुवाकोटमा ८ हजार ३ सय ९६ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नुवाकोट जिल्लामा ८ हजार ३ सय ९६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ती मध्ये २ हजार ३ सय ८४ जनाले निर्वाचन कार्यालय पुगेरै मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने ६ हजार १२ जनाले राष्ट्रिय परिचय पत्र मार्फत मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।

दुई ओटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा १ सय ३२ मतदान स्थल र २ सय ८७ मतदान केन्द्र तोकिएको छ भने मतदान केन्द्र अझ थप हुन सक्ने जिल्ला निर्वाचन कार्यालयका हुम बहादुर थापा मगरले जानकारी दिनु भयो ।

अघिल्लो निर्वाचनमा नुवाकोटबाट २ लाख ४० हजार ३ सय दुई जनाले मतदान गरेका थिए ।

अनमोल पन्त

अन्य

भिडियो