INSEC Online

📅 २०८३ जेष्ठ ३०

काठमाडौँमा ६२ हजार ४ सय १ जना मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौँ जिल्लामा ६२ हजार ४ सय १ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । ती मध्ये ३२ हजार ३९ जनाले निर्वाचन कार्यालय पुगेरै मतदाता नामावलीमा दर्ता गरेका छन् भने ३० हजार ३ सय ६२ जनले राष्ट्रिय परिचय पत्र मार्फत् मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।

काठमाडौँमा १० ओटा प्रतिनिधि सभाका निर्वाचन क्षेत्र, ३ सय २० मतदान स्थल र ७ सय ६७ मतदान केन्द्र रहेको छ भने मतदान केन्द्र अझै थपिन सक्ने निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकारी, ठाकुर प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

मतदाताको अन्तिम सूची पनि चाँडै निर्वाचन आयोगले सार्वजनिक गर्ने उँहाले बताउनु भयो ।

अनमोल पन्त

अन्य

भिडियो