INSEC Online

📅 २०८३ जेष्ठ २२

सुधारगृहबाट फरार एक जना गिरफ्तार

विराटनगर–३ स्थित बाल सुधारगृहबाट ०८२ कात्तिक २० गते प्रहरीलाई धक्कामुक्की गरी भागेका १९ वर्षीय बाल बिज्याइँकर्ता कर्तव्य ज्यान मुद्दाका दोषीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

मोरङको उर्लाबारी–६ घर भएका उनलाई हवल्दार दर्शन श्रेष्ठ नेतृत्वको टोलीले विराटनगर–४ कञ्चनबारी नजिकैबाट गिरफ्तार गरेको हो। कात्तिक २० गते सुधारगृहको क्षमताभन्दा बढी कोचिएका बन्दीहरूमध्ये सात जना प्रहरीमाथि आक्रमण गरी फरार भएका थिए। डीएसपी चुँडालका अनुसार हालसम्म भागेका सात मध्ये तीन जना गिरफ्तार भइसकेका छन् भने चार जना अझै फरार छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

विनोद सुवेदी

अन्य

भिडियो