INSEC Online

📅 २०८३ जेष्ठ २१

मकवानपुरमा १४ हजार १ सय २१ मतदाता थपिए

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा मकवानपुरमा १४ हजार १ सय २१ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन अधिकृत हरि प्रसाद ढकालले बताउनु भयो । उहाँका अनुसार दावी–विरोध तथा मृतकको विवरण वडाबाट मंसिर २६ गते आएपछि अन्तिम नामावली सार्वजनिक गरिने छ ।

मकवानपुरमा ०८२ कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा गरेका ३ लाख २ हजार २ सय ४३ मतदाता रहेका थिए भने अहिले थप १४ हजार १ सय २१ जना गरी कुल मतदाता ३ लाख १६ हजार ३ सय ६४ पुगेको छ । निवार्चन क्षेत्र नं १ मा ६२ र क्षेत्र नं २ मा १ सय ५ गरी १ सय ६७ मतदान स्थल रहेका छन् ।

अघिल्लो निर्वाचनमा निर्वाचन क्षेत्र नं १ मा १ लाख ५० हजार १ सय ५५ र क्षेत्र नं २ मा १ लाख ५० हजार ५ सय ७८ गरी ३ लाख ७ सय ३३ ले मतदान गरेका थिए । तथ्याङ्क हेर्दा यस पटक मतदाता संख्यामा उल्लेख्य वृद्धि नभएको प्रदेश निर्वाचन अधिकृत ढकालले बताउनुभयो ।

मञ्जिता मैनाली

अन्य

भिडियो