INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिकको हत्या

मन्थली नगरपालिका–१४ साजेटोलकी ७२ वर्षीया भीमा लक्ष्मी खड्कालाई ०८२ मंसिर १ गते राति सोही ठाउँका २६ वर्षीय दिलीप खड्काले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । खड्का घरमा एक्लै बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली मंसिर २ गते बिहान घटनास्थल पुगेर आवश्यक मुचुल्का सङ्कलन गरेको गरेको थियो । शवको पोस्टमार्टम मंसिर २ गते मन्थली अस्पताल गरिएको थियो ।

आरोपित विगतमा अभद्र व्यवहार र चोरी मुद्दामा गिरफ्तार भई रिहा भएका व्यक्ति भएको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार राति करिब ११ बजेतिर दिलीप रगतले लतपतिएको अवस्थामा गाउँमै ‘मैले हानेँ, सिद्ध्याएँ’ भन्दै हिँडिरहेका थिए । त्यही सूचनाका आधारमा प्रहरीलाई खबर गरिएको र त्यसपछि तत्काल टोली खटाइए पनि रातिको समय र भौगोलिकताको कारण घटनास्थल पुग्न समय लागेको प्रहरीले जनाएको छ । घटना स्थल प्रहरी चौकी फुलासीबाट करिब ५ किलोमिटरको दुरीमा रहेको छ ।

नवराज पथिक

अन्य

भिडियो