६५ वर्षीय ज्येष्ठ नागरिक धनबहादुर रामजालीको हत्या गरेको आरोपमा मृतककी छोरी नौमूले गाउँपालिका–५ नौमूले गाउँकी २७ वर्षीया तिर्सना रामजालीलाई मङ्सिर २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।
तिर्सनाले मङ्सिर २२ गते साँझ घरायसी विवादमा चिरपट दाउराले टाउकोमा प्रहार गरी घाइते भएका धनबहादुरको नौमूले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मङ्सिर २३ गते मृत्यू भएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी गणेश बहादुर बरालले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षण मङ्सिर २३ गते नौमूले प्राथमिक स्वास्थ्य केन्द्रमा भयो । शवको सदगद मङ्सिर २४ गते नौमुले गाउँमा भयो । घटनाको सम्बन्धमा दैलेख जिल्ला अदालतबाट मङ्सिर २४ गते ५ दिनको म्याद थप लिइएको प्रहरीले जनाएको छ ।