INSEC Online

📅 २०८३ जेष्ठ २१

 बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी १७ वर्षीया बालिकामाथि बलात्कार गरी गर्भ रहेको आरोपमा प्रहरीले ढकारी गाउँपालिका–२ का १९ वर्षीय पुष्प साउदलाई  ०८२ मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।

बालिकालाई ललाइफकाइ गाउँ नजिकै रहेको खर्कभित्र लगेर जेठ १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपित विरुद्ध मङ्सिर २१ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।

बालिकालाई पेट दुख्ने समस्या भएपछि मङ्सिर १९ गते आफन्तले जिल्ला अस्पताल, अछाममा स्वास्थ्य परीक्षण गर्न लगेका थिए। परीक्षणका क्रममा बालिकाको पेटमा २९ हप्ताको गर्भ रहेको तथ्य बाहिरिएको र बालिकाको स्वस्थ्य अवस्था सामान्य रहेको समेत डिएसपी खनालले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश कार्यालय

अन्य

भिडियो