INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै दुई वर्र्ष कैदको फैसला

जिल्ला अदालतले बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै बढैयाताल गाउँपालिका–३ का २९ वर्षीय निरज परियारलाई माघ ७ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश किरणप्रसाद पोखरेलको इजलासले बहुविवाहमा एक वर्ष ६ महिना र बालविवाहमा ६ महिना कैदको फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार यमप्रसाद बास्कोटाले बताए । बास्कोटाले बलात्कार मुद्दामा भने कुनै सजाय नभएको बताए ।

१५ वर्षीया बालिकालाई गत जेठ २ गते आरोपितले बहुविवाह, बालविवाह र बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १० गते इलाका प्रहरी कार्यालय मैनापोखरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते जिल्ला अस्पताल गुलरियामा भएको थियो ।

प्रहरीले घटनाका आरोपितलाई जेठ १० गते गिरफ्तार गरेकोमा असार ११ गते जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए ।

अन्य

भिडियो