INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका कसुरदार १३ वर्षपछि गिरफ्तार

जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद सजाय तोकेके एक जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले १३ वर्षपछि गिरफ्तार गरेको छ ।

पुतलीबजार नगरपालिका–१४ पिपलडालीका ५७ वर्षीय मेगबहादुर भुजेललाई ०८२ मङ्सिर १६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर सागर कार्कीले जानकारी दिनुभयो ।

पुतलीबजार नगरपालिका–१४ ब्रिफेनको वनमा ११ वर्षीया बालिकामाथि ०६९ भदौ २७ गते बलात्कार गरेको भुजेललाई ०७३ मङ्सिर २३ गते जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । सजायपछि भुजेल विदेशतिर लुकेर बस्दै आएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
भुजेललाई घरबाटै गिरफ्तार गरी ०८२ मङ्सिर १७ गते अदालत पेश गरेकोमा अदालतको आदेश अनुसार कैद भुक्तानीका लागि जिल्ला कारागार पठाइएको इन्सपेक्टर कार्कीले बताउनु भयो ।

अमृतप्रसाद पौडेल

अन्य

भिडियो