INSEC Online

📅 २०८३ जेष्ठ २१

विद्यालयको भवन नबन्दा विद्यार्थीहरू खुल्ला आकाशमुनी पढ्दै

रामेछाप नगरपालिका–८ सल्लेमा विद्यालयको भवन नहुँदा विद्यार्थी खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य भएका छन् । ०७२ सालमा गएको विनासकारी भूकम्पले भत्काएको विद्यालय भवन निर्माण नहुँदा केवलेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरू खुल्ला आकाशमुनी पढ्न बाध्य भएका हुन् ।

भूकम्प गएको साढे तीन वर्ष पुग्दा समेत विद्यालयको भवन पुनर्निर्माण हुन सकेको छैन । भूकम्पपछि चाइल्ड फण्डले बनाइदिएको अस्थायी सिकाई केन्द्र पनि भत्किएपछि विद्यार्थीहरू खुल्ला आकाशमा आइपुगेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमार घिमिरेले बताए । शिशुदेखि कक्षा ५ सम्म पढाई हुने विद्यालयमा १८ जना विद्यार्थीहरू छन् ।

विद्यायलको अस्थायी टहरो पनि जीर्ण भएपछि बाहिरै डेस्क बेञ्च राखेर पठनपाठन गरिँदै आएको छ । सबै कक्षाका विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेले बताए ।

भवन बनाउनको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापमा पनि ध्यानाकर्षण गराइएको उनले बताए । विभिन्न सङ्घसंस्थासँग सहयोग मग्दा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ । विद्यालयमा दुई जना स्थायी, एक जना राहत अनुदान गरी तीन जना शिक्षक र एक जना सहयोगी कर्मचारी गरी चार जना कार्यरत छन् ।

photo20190119ramechhap

अन्य

भिडियो