१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–५ का २० वर्षीय अकवाल मुसलमानलाई माघ ३ गते लुम्बिनीबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले पुस ३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।
पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ३ गते नै भिम अस्पताल भैरहवामा गरिएको इन्स्पेक्टर पोखरेलले बताए ।