INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या गरेर गाडिएको अवस्थामा शव फेला

बृन्दावन नगरपालिका–९ भुसाह टोलकी २० वर्षीया तरिमा खातुनको टाउकोको पछिल्लो भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरी आफ्नै घरको गोठभित्र खाल्डो खनेर पुरिएको अवस्थामा ०८२ मङ्सिर ९ गते शव फेला परेको छ ।

सासु र ससुराले मङ्सिर ८ गते राति नै हत्या गरी शव गाड्न लागेको अवस्थामा मृतकको २२ वर्षीय भाइ शेख आस महमदले देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर नरेश बोहराले जानकारी गराउनुभयो ।

मृतकका पति आदिल शेष ०८२ कात्तिक १८ गते वैदेशिक रोजगारीका लागि साउदी अरब गएका छन् । उनी आठ महिनाको छोरा सहित ४६ वर्षीया सासु जमिरा खातुन र ५५ वर्षीय ससुरा अलि महमद शेषसँग सँगै बस्दै आएकी थिइन् ।

हत्या पछि ससुरा र भाइ गाउँमै लुकेर बसेको अवस्थामा मङ्सिर १० गते प्रहरीले गिरफ्तार गरेको छ । सासु भने आठ महिनाको नाति सहित फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शवको पोस्टमार्टम मङ्सिर १० गते प्रादेशिक अस्पताल गौरमा गरिएको छ ।

गौरी न्योपाने

अन्य

भिडियो